पोखरा १२, असोज/संचारकर्मी एवम सौन्दर्यकर्मी मिना गुरुङले आफ्नो जन्म दिनको अवसरमा पत्रकार अक्षयकोष स्थापना गरेकी छन । असोज १२ गते शनिवार जन्म दिनको अवसरमा गुरुङले एक समारोहका विच २ लाख अक्षयकोष स्थापना गरी उक्त रकम नेपाल पत्रकार महासंघलाई हस्तान्तरण गरेकी हुन। गुरुङले नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष वद्रीविनोद प्रतिकलाई उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन । साथै गुरुङले महासंघ कास्की शाखाको निमार्णाधिन भवनको लागि १५ हजार समेत हस्तान्तरण गरेकी हुन । यस अघि गुरुङले भवन निमार्णको लागि ११ हजार सहयोग गरेकी थिईन ।
महिला तथा वालवालीकाको क्षेत्रमा कमल चलाउने एक जना पत्रकारलाई बार्षिक रुपमा नगद पुरस्कार सहित सम्मान गरीने भएको छ । बार्षिकरुपमा उक्त रकमबाट आएकोे व्याजबाट पुरस्कृत व्यक्तिलाई सम्मान गरीने भएको हो । महिला तथा वालवालीका धेरै मुद्धाहरु अझै पनि बाहिर आउन नसकेकोले यस्ता मुद्धाहरु बाहिर ल्याउने उद्धेश्यले पत्रकारको हौसला स्वरुप उक्त पुरस्कार स्थापना गरेको मिना गुरुङले बताईन । उक्त पुरस्कार नेपाल पत्रकार महासंघ कास्कीले संचालन गर्ने भएको छ भने यसको संरक्षकमा गुरुङ रहने भएकी हुन ।
अर्को बर्षदेखि उक्त पुरस्कार प्रदान गरीने भएको गुरुङले बताईन । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका अध्यक्ष, रेडियो गोर्खालीका अध्यक्ष, तमु संचारकर्मी संघका केन्द्र्रीय उपाध्यक्ष, जिफन्ट गण्डकी धौलागीरीका अध्यक्ष, प्राप्ति त्रैमासिक पत्रिकाका सम्पादक, हङकङहर्वल व्युटि पालर्र इन्स्टिच्युटका प्रवन्ध निर्देशक मिना गुरुङ विभिन्न संघ संस्थामा आवद्ध रहेकी छन ।
बृटिस गोर्खा पुर्व सैनिक क्षेत्रबहादुर गुरुङका श्रीमती मिना गुरुङ संचार तथा सौन्दर्य क्षेत्रमा सानै उमेर देखि लागेका कारण हाल आफु आत्मनिर्भर हुदै हजारौ महिलाहरुको व्यक्तित्व तथा नेतृत्व विकास गराउन प्रशिक्षण गराउदै आएकी छन । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष प्रतिकले उक्त अक्षयकोषबाट दिगो रुपमा सम्मानित तथा मर्यादित रुपमा महासंघले संचालन गर्ने बताए । यो पुरस्कार सहित महासंघले २३ लाख बराबरको विभिन्न नामबाट पत्रकारको लागि पुरस्कार अक्षयकोष स्थापना गरीसकेको छ ।