पोखरा, ८ साउन / पोखराको एक होटलमा आठ दिने देखी बालिकालाई बन्धक बनाई करणी गर्नेलाई कास्की प्रहरीले पक्राउ गरेका छ ।
मोरङको बिराटनगर घर भई हाल उदयपुर जिल्ला चौदण्डी नगरपालिका वडा नम्बर ७ बस्ने २८ बर्षिया राकेश कुमार कानोडियाले पक्राउ गरेको हो ।
म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ स्कूलका शिक्षक समेत रहेका राकेशले एक बालिकालाई पोखरा ल्याइ जबरजस्ती करणी गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।
उदयपूर बस्ने १४ बर्षीया बालिकालाई पोखरा लेकसाईड डिहिकोपाटनको एक होटलमा राखेर जबरजस्ती करणी गरेको उनले बताए ।
बालिकालाई होटलको कोठामा राखेर अविभावक सँग सम्पर्क समेत गर्न नदिई बन्धक बनाई राखेको अवस्थामा प्रहरी टोलीले उद्दार गरी अविभावकको जिम्मा लगाईएको केसीले जानकारी दिए ।
केसीका अनुसार नाबालिकालाई बिगत ८ दिनदेखी होटलको कोठामा राखी जबरजस्ती करणी गरेको बयानमा बालिकाले बताएको बताए ।
राकेश कुमार कानोडियालाई नियन्त्रणमा लिई कानुनी कारवाही अगाडी बताएको उनले बताए ।