श्रीकृष्ण माविमा महायज्ञ जारी,६२ लाख बढि संकलन

पोखरा, ३० भदौ। पोखरा – ७ मासबारस्थित श्रीकृष्ण माविमा आयोजित श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ आइतबार पनि जारी रह्यो। महायज्ञमा आइतबार मात्रै २० लाख ४० हजार सात सय ८० रुपैया संकलन भएको छ। विहीबारदेखि शुरु भएको महायज्ञमा आइतबारसम्म ६२ लाख १७ हजार नौ सय ३१ रुपैया संकलन भएको अर्थ संयोजक पिताम्बर बरालले जानकारी दिए।

महायज्ञमा आइतबार महायज्ञ मुल आयोजक समितिका संयोजक एवं समाजसेवी पोखरा – ७ नुवारथोकका डण्डराज पौडेलले सात लाख पाँच हजार प्रदान गरेका छन्। सो महायज्ञमा पौडेलले प्रदान गरेको रकम सवैभन्दा धैरै हो। त्यसैगरी, पोखरा – ७ मासबारका पण्डित नारायणदत्त बरालले तीन लाख ५५ हजार पाँच सय ५५, खगेन्द्रकुमारी बरालले एक लाख ५५ हजार तीन सय ३४, तुलसीप्रसाद बरालले एक लाख ५१ हजार एक सय ५१, द्रोपती बरालले एक लाख १५ हजार पाँच सय ५५ प्रदान गरेका छन्।kamalnayan

साथै पोखरा – ७ मासबारस्थित महिला विकासका लागि आमा समुहले ७७ हजार सात सय ७७, मोतीराम बरालले ५१ हजार एक सय ५१, बासुदेव अधिकारीले ३३ हजार तीन सय ३३, ठेकदार गोपाल थापाले ३३ हजार तीन सय ३३ र बसन्तनाथ भट्टराईले २५ हजार दुई सय ३६ रुपैया प्रदान गरेको प्रचार प्रसार संयोजक राममोहन आचार्यले जानकारी दिए।

महायज्ञ मुल आयोजक समिति र विभिन्न उपसमितिका पदाधिकारीहरु तथा स्थानीय समुदायबाट दान रकम प्रदान गर्ने क्रम बढ्दै जादाँ महायज्ञमा माहौल तयार भइरहेको छ। स्थानीय समाजसेवी, आमा समुह, टोल विकास संस्थाहरुले पनि महायज्ञमा दान गर्ने क्रम बढ्दै गइरहेको छ। श्रीकृष्ण मावि पोखरा – ७ मा रहेको एक मात्र सामुदायिक विद्यालय हो। सरकारको सहयोगबाट मात्र विद्यालयको विकास सम्भव नभएपछि स्थानीय समुदाय महायज्ञ लगाएर रकम संकलन गरी विद्यालयको भौतिक एवं शैक्षिक विकासमा जुटेका हुन्।

कास्कीका विभिन्न स्थानमा महायज्ञ संचालन गर्ने क्रम बढिरहेपनि पोखरा – ७ मा पहिलो पटक विद्यालयको विकासका लागि महायज्ञ गरिएको हो।स्थानीय समुदायले महायज्ञलाई अवसरमा रुपमा लिनुपर्छ महायज्ञ मुल आयोजक समितिका बरिष्ठ उपाध्यक्ष युवराज पराजुलीले भने – महायज्ञलाई पोखरा – ७ को प्रतिष्ठाको विषय सम्झेर सवैजना आर्थिक सहयोगका लागि अग्रसर बन्नुपर्छ।

महायज्ञबाट संकलित रकम उच्च मावि संचालन, विद्यालयको शैक्षिक एवं भौतिक विकासका लागि खर्च गरिने छ। महायज्ञ असोज ३ गतेसम्म चल्ने छ।महायज्ञबाट तीन करोड रुपैया संकलन गर्ने लक्ष्य लिइएको छ। महायज्ञमा युवा पण्डित कमलनयन गौतम प्रमुख वाचक रहेका छन्। महायज्ञको संचालन बरिष्ठ उद्घोषक नेत्रपाणी बाँस्तोलाले गरेका थिए। महायज्ञमा सहभागि भई भागवत् श्रवण गर्न तथा आफ्ना पितृहरुको मुक्तिका लागि सक्दो आर्थिक तथा जिन्सि सहयोग गरी विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सहभागि हुन महायज्ञ मुल आयोजक समितिले सवैलाई आव्हान गरेको छ।

कमेन्टहरु
Loading...