ट्रान्सर्फमर घोटाला प्रकरणका २३ विरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौ, २८ भाद्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रान्सर्फमर खरिद प्रकरणमा नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशकसहित २० अधिकारीविरुद्ध विशेष अदालतमा थप अर्को मुद्दा दायर गरेको छ । यस्तै ठेकेदार, एजेन्टसहित ३ जनाविरुद्ध पनि मुद्दा परेको छ ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा १ को खण्ड झ अनुसार कैद सजाय र दफा ३ को उपदफा १ बमोजिम १७ करोड ९६ लाख ५२ हजार १ सय ७० रुपैयाँ ८१ पैसा जरिवानाको माग गरिएको छ । मुद्दामा कार्यकारी निर्देशक झा र यादव तथा महाप्रवन्धक साहलाई थप सजायको माग गरिएको छ । चाइनिज कम्पनीसँग किनेको ट्रान्सर्फमर गुणस्तरहीन भएको भन्दै अख्तियारले उच्चअधिकारीहरुविरुद्ध विशेष अदालतमा यसअघि दुई वटा मुद्दा दायर गरिसकेको छ ।

कमेन्टहरु
Loading...