पोखरा, ३० बैशाख /पोखराको फेवाताल आइतबार दिऊसो ठुलो छाला आएको छ ।
चर्को हावाहुरीसँगै तालमा छाल उठ्दा डुंगाहरु डुबेका छन् भने सात जनाको उद्धार भएको छ ।
छालले करिब ५० डुंगाहरु डुबेको चालकहरुले जानकारी दिए । तालबाराही मन्दिरमा दर्शन गर्न पुगेका पर्यटक हावाहुरीले एक घण्टासम्म मन्दिरमै रोकिएका थिए ।
यसअघि पनि पटक पटक यात्रुहरु छालका कारण रोकिने गर्दथे तर छालले ताल किनारमा रहेका डुंगा यति धेरैको संख्यामा डुबेको भने पहिलोपटक हो ।
बाराहीघाटमा स्थापित रेस्क्यु टावरमा रहेका सशस्त्र प्रहरी र डुंगा चालकले मन्दिरमा रोकिएका दर्शनार्थीको उद्धार गरेका थिए ।
तस्बिर साभारः दिपक परियार कान्तिपुरडेली डटकमबाट