पोखरा, २७ भाद्र/लि वर्ड पोखराको आयोनजामा बुधबार देखि सन्चालन भएको दुई दिने वातावरण परिर्वनक र सन्चार समायोजन तालिम सकिएको छ । जलवायु परिर्वनका बारेमा जानकारी दिने उद्देश्यका साथ सन्चालन भएको तालिममा यसको न्युनिकरणका बारेमा समेत छलफल भएको थियो ।
तालिमबाट सरकारलाई नीति निर्माणमा घच्घचाउनका लागी सहयोगी बनाउन सन्चालन गरेको लि वर्डका सन्चार संयोजक महेश श्रेष्ठले बताए । उनले जलबायु परिवर्तकाले नेपालका केके क्षेत्रमा आसर भएको छ भने बारेमा अनुसन्धान गर्नु बाकि नै रहेको बताउदै त्यसका लागी नीति बनाउन सन्चार माध्येम सहयोगि हुने बताए । उनले जलवायु सम्बधी अनुकुलन हुने गरि कार्यक्रम सन्चालन गर्नु पर्ने बताए ।
तालिमामा लि वर्डका पोखराका कार्यक्रम निर्देशक पशुपति चौधरीले, महेश श्रेष्ठ, कृष्ण लम्साल, कमल हरी भण्डारी, केशव थापा लगाएतले सहजीकरण गरेका थिए । तालिममा पोखराबाट विभिन्न सचार माध्यमा काम गर्ने १५ जना पत्रकारहरुको सहभागीता रहेको थियो ।
