जलवायु परिवर्तनको असरबारे अध्ययन गर्न ५ जना अमेरिकन विशेषज्ञको टोली सगरमाथा उक्लिने

पोखरा, १३ चैत /अमेरिकाका ५ जना विशेषज्ञ टोलीले प्रदुषणले पुर्याएको असर बारे अध्ययन गर्न सगरमाथा आरोहण गर्दै तयारी गरेका छन् । टोलीले ८८४८ मिटरको उचाईको सगरमाथासँगै लोत्से हिमाल समेत आरोहण गरेर तथ्य संकलन गर्ने छन् ।

टोलीका नेतृत्व जोनले गर्ने छन् । मे महिनामा टोली सगरमाथा उक्लिने योजना छ । सबै वेष्टर्न वाशिंगटन युनिर्भसिटीको नेतृत्व गरेर आरोहण गर्ने छन् । उनीहरुले आईस, हिउँ र बनस्पतिको नमूना संकलन गर्ने छन् ।

प्रोफेसर जोनले भने कसरी बातावरण परिवर्तनले बनस्पतिमा असर पु्रयाएको छ भनेर हेर्ने छौं । हिउँ र स्थानीयबासिन्दामा पानीको आपूर्तिमा भएको प्रभावलाई समेत हेरिने छ । एशोसियट प्रेसले उल्लेख गरेको छ ।

सन २००९ मा सगरमाथा क्षेत्रको अनुसन्धानात्क अध्ययन गरेका थिए । २०१४ मा १६ नेपाली शेर्पा गाईडको हिउँपहिरोमा परेर निधन भएपछि अनुसन्धानको यात्रा रोकिएको थियो । म चाहन्छु केही फरक बनाउन । मेरो अनुभव, विश्वलाई केही राम्रो गर्नको लागि । उनको भनाई थियो ।

SOURCE- AAP – SBS

 

कमेन्टहरु
Loading...