पोखरा, २६ फागुन /गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको पर्यटक ल्यानका लागि प्रदेशको आफ्नै एयरलाइन्स चाहिने बताएका छन् । पर्यटन विकास गर्न प्रदेशको आफ्नै एयरलाइन्सको आवश्यकता रहेको बताए ।
नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेशको २४ औं साधारण सभाको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले २५ प्रतिशत सम्म लगानी गर्ने र अरु लगानी नीजिको लगानीमा एयरलाइन्स संचालन गर्न सकिने बताए ।
सन् २०२१ भित्र गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने गरि विमानस्थलको काम भइरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थल संचलनमा आए संगै छिमेकी देश चीन र भारतबाट सिधै पोखरामा हवाई सेवा सञ्चालन हुने भएकोले पर्यटनबाट प्रदेशको समृद्धिका लागि प्रदेशको छुट्टै एयरलान्स आवश्यकता रहेको बताए । समेत हुनु पर्नेमा उनले जोड दिए ।
गण्डकी प्रदेशका सांसद राजीव पहारीले गण्डकी प्रदेशको राजधानी पोखरालाई चीन र भारतको ट्रान्जीटको रुपमा विकास गर्न कोरला नाका छिटो भन्दा छिटो सञ्चालनमा ल्यानु पर्ने बताए । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका केन्द्रिय अध्यक्ष चेतनारायण पाण्डेले बैंकको चर्को ब्याजका कारण ठुला लगानी जोखिमपूर्ण अवस्थामा रहेको बताए ।
नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेशका अध्यक्ष सन्तोष पोखरेलले पर्यटन क्षेत्रमा लगानी बढे अनुसार पर्यटकको आमगन नहुदा पर्यटन क्षेत्र प्रभावित भएको बताए ।
बैंकको चर्को ब्याजका कारण पर्यटन व्यवसायीहरु संकटमा परेको बताउँदै पोखरेलले ब्याज तिर्न पनि ब्याज नै लिनु पर्ने अवस्था रहेको सुनाए । कार्यक्रममा रुपा गाउँपाकिला अध्यक्ष नवराज ओझा, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोख्रेल लगाएतले शुभकामना दिएका थिए ।