पोखरा, १२ फागुन /पत्रकार चन्द्रेश्वर बस्ताकोटीलाई मातृ शोक परेको छ । लामो समय देखि दम र मुटु रोगबाट ग्रस्त हरिकला बस्ताकोटीको फागुन बिहीबार साझँ पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचारको क्रममा निधान भएको हो ।
रामेस्वर बस्ताकोटीकी जेठी धर्मपत्नी स्वर्गिय हरिकला बस्ताकोटीका पर्मेस्वर बस्ताकोटी र चन्द्रेस्वर बस्ताकोटी २ छोरा र ३ छोरी रहेका छन् । स्वर्गीय हरिकला बस्ताकोटीको शुक्रबार पोखराको सेती नदिको रामघाटमा अन्त्यस्टी गरिएको छ।
पछिल्लो समय पोखरा बस्दै आएता पनि आफ्नी आमाको इच्छा चाहना अनुसार उनको काज क्रिया भने पुरानै थलो पोखरा २४ कास्किकोट ठुली पोखरीमा गरिएको पारिबारिक श्रोतले जनाएको छ ।