पोखरामा लागू औषधसहित ३ जना पक्राउ

पोखरा, ९ फागुन /कास्की प्रहरीले लागू औषध सहित पोखराबाट तीनजना पक्राउ गरेको छ । पोखरा १० बुद्धचोकमा लागू औषध ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

सादा पोशाकमा गएको प्रहरीले पोखरा १० रामघाटका ३२ बर्षिय विश्वास गुरुङ, रुपन्देहीका २४ बर्षिय विनय चौधरी र पोखरा ९ शिवटोलका २५ बर्षिय आशिष श्रीपालीलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नर्फिन १२० थान, फेनारागन १२० र डाईजापाम १२० गरी जम्मा ३६० थान लागू औषध बरामद गरेको छ ।

कमेन्टहरु
Loading...