पोखरा, ८ माघ /गण्डकी प्रदेशको प्रदेश सभाबाट मंगलबारको बैठकले २ वटा विधेयक पारित गरेको छ । भदौ १८ गते प्रदेशसभामा पेश भएको सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र वर, पिपल तथा चौतारी संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित भएको हो।
यस्तै प्रदेश यातायात व्यवस्था सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश भएको छ । अर्को बैठक माघ १४ गते बस्ने छ।