टप्स उमावि कास्की जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी

पोखरा,१०भदौ। टप्स उमावि कास्की जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा पोखरा रड्डशालामा सञ्चालित १२ औं कास्की जिल्लास्तरीय अन्तरमावि इन्द्रबहादुर स्मृति ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ। सोमबारभएको फाइनल खेलमा दुई स्वर्ण, दुई रजत तथा दुई कास्यपदकप्राप्त गर्दै टप्स आठौंपटक च्याम्पियन बन्न सफल भएको हो।
डिफेण्डिङ च्याम्पियन माउण्ट एभरेष्ट बोर्डिङ स्कुलले भने दोस्रो स्थानमा चित्त बुझायो। उसले एक स्वर्ण, एक रजत र पाँच कास्यपदक प्राप्त ग¥यो। एक स्वर्ण, एक रजत र एक कास्य हात पारेको सिद्धार्थ बोर्डिङ स्कुल तेस्रो, एक स्वर्ण र एक रजत पदक प्राप्त गरेको पोखरा एकेडेमी चौथो, एक स्वर्ण र दुई कास्यपदक प्राप्त गरेको प्रगति उमावि पाँचौं तथा एक रजत र एक कास्यपदक जोडेको सैनिक आवासीय महाविद्यालय छैटौं बन्यो।
प्रतियोगितामा यु–१६ ब्वाइजतर्फ टप्स उमाविका दिपल गुरुङ तथा यु–१६ गल्र्सतर्फ टप्सकै पुष्पा चौधरी बेस्ट प्लयेर घोषित हुँदै एक–एक थान स्पोर्टस साइकल हात पारे भने यु–१२ ब्वाइज सिड्डलतर्फको एभेन्टमा सहभागी कुमुदिनी होम्सका आयुशकाजी श्रेष्ठले उदीयमान खेलाडी घोषित हुँदै एक थान स्पोर्टस साइकल पुरस्कार प्राप्त गरे। प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय उत्कृष्ट अनुशासित टीम बन्यो भने सिद्धार्थ बोर्डिङ स्कुल पोशाकमा उत्कृष्ट ठहरियो।
सोमबार भएको यु–१६ ब्वाइज सिड्डलतर्फको फाइनल खेलमा टप्सका दिपल गुरुङले एकेडेमीका प्रदीप अधिकारीलाई २१–१७ र २१–१९ को सोझो सेटमा पराजित गर्दै स्वर्णपदक हात पारे भने सैनिकका सचिन भण्डारी र सिद्धार्थका प्रवेश श्रेष्ठले कास्यपदकमा चित्त बुझाए। यु–१२ गल्र्स सिड्डलतर्फको फाइनल खेलमा सिद्धार्थ उमाविकी सृष्टि गुरुङले टप्स उमाविकी आकृति केसीललाई २१–१२ र २१–१० को सोझो सेटमा पराजित गर्दै स्वर्णपदक हात पारिन्। सो इभेन्टमा माउण्ट एभरेष्टका संगीता लामा र अञ्जली भण्डारी तृतीय भए।
यु–१२ ब्वाइज सिड्डलतर्फको प्रगति उमाविका विधान अधिकारीले सैनिकका आयुश बानियाँलाई २१–८ र २१–८ को सोझो सेटमा पाजित गर्दै स्वर्णपदक प्राप्त गरे भने सिद्धार्थका रिबेश राई र प्रगतिका धीरेनविक तृतीय भए। यु–१६ गल्र्स सिड्डलतर्फको फाइनल खेलमा टप्सकी पुष्पा चौधरीले टप्सकै मेनुका गुरुङलाई २१–१७ र २१–१४ को सोझो सेटमा पराजित गर्दै स्वर्णपदक प्राप्त गरिन्। सोही इभेन्टमा माउण्ट एभरेष्टका जेरुषा राना र स्वेच्छा श्रेष्ठले कास्यपदक प्राप्त गरे।
यु–१६ गल्र्स डबलतर्फको फाइनल खेलमा माउण्ट एभरेष्टका स्वेच्छा श्रेष्ठ र सुष्मा श्रेष्ठको जोडीले माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका स्मृति पोखरेल र जेरुषा रानाको जोडीलाई १८–२१, २१–१९ र २२–२० को सोटमा पराजित गर्दै स्वर्णपदक हात पा¥यो। सोही इभेन्टमा टप्सका पुष्पा चौधरी र मेनुका गुरुङको जोडी तथा माउण्ट एभरेष्टकै असुमा राना र अञ्जली भण्डारीको जोडीले कास्यपदक प्राप्त ग¥यो। यु–१६ ब्वाइज डबलतर्फ पोखराका एकेडेमीका प्रदीप अधिकारी र राजन जिसीको जोडीले सिद्धार्थका प्रवेश श्रेष्ठ र अविरल गुरुङको जोडीलाई २१–१३ र २१–१३ कै सोझो सेटमा पराजित गर्दै स्वणस्पदक प्राप्त ग¥योस सोही इभेन्टमा टप्सका दिपल गुरुङ र सुरज पौडेलको जोडी तथा प्रगतिका विधान अधिकारी र आशिष अधिकारीको जोडीले कास्यपदक प्राप्त ग¥यो।
प्रतियोगितामा विजेता तथा उपविजेता खेलाडीहरूलाई प्रमुख अतिथि नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष एवं नेपाल प्रहरीका भूपू एआईजी रमेशकुमार श्रेष्ठ, महासचिव रामजीबहादुर श्रेष्ठ, मुख्य प्रायोजक जगदीश्वरी गुरुङ, कास्की जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष खेम गुरुङ, सङ्घका सल्लाहकार जयराम हमाल, प्याब्सन कास्कीका सल्लाहकार बाबुराम पन्त, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जीवबहादुर कोइराला,सैनिक आवासीय महाविद्यालयका जनसम्पर्क अधिकृत सेनानी मोहनचन्द्र गुरुङ, पोखरा उप–महानगरपालिकाका पूर्व मेयर कृष्ण थापा, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका उपाध्यक्ष प्रेमनारायण न्यौपाने, सङ्घका सहसचिव एवं प्रतियोगिता संयोजक पुरन कुँवरलगायतले पुरस्कार वितरण गरेका थिए।
सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले नेपालभरि ४० भन्दा बढी जिल्लामा शाखा भए पनि जम्मा नौजना प्रशिक्षकले काम चलाउपरेको बाध्यता सुनाए। उनले प्रशिक्षकको दक्षता वृद्धिसँगै सहायक प्रशिक्षकको सङ्ख्या बढाउनेबारेमा राष्ट्रिय खेलकुद परिषद्सँग कुराकानी भइरहेको जानकारी दिए। सङ्घका महासचिव रामजीबहादुर श्रेष्ठले कास्की शाखाले वर्षेनी विभिन्न खाले प्रतियोगिता गरेर खेलाडी उत्पादन गर्ने कार्य गरेको भन्दै प्रशंसा गरे। कास्की जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष खेम गुरुङले कास्कीलाई एउटा प्रशिक्षकको व्यवस्था गरिदिन केन्द्रसमक्ष आग्रह गर्दै प्रतियोगितामा सहयोग पु¥याउने सबै सङ्घसंसथा तथा व्यक्तित्वलाई धन्यवाद ज्ञापन गरे।कास्की जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष खेम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिता संयोजक पुरन कुँवरले स्वागत तथा सचिव नरबहादुर गुरुङले सञ्चालन गरेका थिए।

कमेन्टहरु
Loading...