गोरखा र म्यादीमा युवकले महिलालाई जबरजस्तीकरणी

पोखरा, १५ असोज / गोरखा र म्यादीमा युवकले महिलालाई जवरजस्तीकरणी गरेको खरब सार्वजनीक भएको छ । म्यादीको असोज १४ गते राती

मालिका गाउँपालिका १ निस्कोट छिस बस्ने वर्ष २१ को गोबिन्द पुनले सोही स्थान बस्ने ५० वर्षिया एक महिलालाई जबरजस्तीकरणी गरेको प्रहरीले

जानकारी दिएको छ । महिलाको घरमा नै गई जबरजस्तीकरणी गरेको खबर प्राप्त भए पछि प्रहरीले घटनाको विषयमा अनुसन्धान गरी रहेको जानकारी

दिएको छ ।

त्यसै गरी गोरखाको पालुंटार नगरपालिका ९ चालिसेडाँडाका २० वर्षका एक युवकले ४० वर्षिय महिलालाई जबरजस्तीकरणी गरेको अभियोगमा मुद्धा

दर्ता भएको छ । गत ११ गते विहान साँढे एघार बजे जबरजस्ती करणी गरेको उजुरी परेको हो ।

उजुरीपछि प्रहरीले २० वर्षका दिनेश परियारलाई पक्राउ गरी मुद्धा दर्ता गरेको छ । उनलाई जवरजस्ती करणी मुद्धामा अनुसन्धान अघि बढाईएको

प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...