सागर राज तिमिल्सिना
पोखरा, ११ असोज /पोखराको एउटा विशेषता छ । जताबाट हेरे पनि हिमाल देखिने । अन्नपुर्ण हिमश्रृखला र
कुमारी माछापुच्छे्रे आँखामै टाँसिन आइपुग्ने । धौलागिरीदेखि लमजुङ हिमाल पोखराबाटै देख्न सकिन्छ । तिनै
दृश्य हेर्न पोखराको सराङकोट, कास्कीकोट, पुम्दीभुम्दी लगातका डाडाँमा पर्यटकको लर्को लाग्ने गर्दछ ।
बिहान सुर्योदयको दृश्य, बेलुका सुर्यअस्तको दृश्य, पोखरा बजार, हिमश्रृखला हेर्न डाडाँ उक्लिनु पर्ने हुन्छ । अन्य
डाडाँमा पर्यटक उक्लिए पनि उत्कै सम्भावना भएको पोखरा ११ काहुँ डाडाँमा भने पर्यटक जान सकेका छन् ।
विश्व पर्यटन दिवसको अवसरमा पर्यटन यातायात समिति र स्थानीयको आयोजनामा पोखराका पर्यटन
व्यवसायी काहुँ डाडाँमा सुर्योदय हेर्न उक्लिए । पर्यटन व्यवसायीहरु नै काहुँ डाडाँ उक्लिए पछि काहुँमा पनि
पर्यटनको घाम झुल्किछ भने आशामा छन् स्थानीय । व्यवसायी सगँ काहुँ डाडाँ पुगेका नेपालका लागि
अमेरिकन राजदुताबासका काउन्सिल जेनले दृश्य हेरेर खुसी व्यक्त गरे ।
समुन्द्री सतहबाट १ हजार ४ सय ४३ मिटर (१,४४३ मिटर) मा छ काहुँ । पोखरा बजारबाट उत्तरपूर्वी दिशामा छ
। पोखराको मध्येभागबाट १० किलोमिटर दुरीमा काहुँ डाडाँ पुग्न सकिन्छ । त्यहाँबाट हिमालका साथै सूर्योदय र
सूर्यास्तको दृश्य, पोखरा बजार र सिजनमा लालिगुरासँ देखिन्छ । डाँडाको टुप्पामा करिब १० मिटर अग्लो (९.८५
मिटर अग्लो) धरहरा छ । धरहराबाट पोखरा उपत्यका, भलाम गाउँ, लेखनाथ र नागबेली डाँडा पनि देखिन्छ ।
केही वर्ष देखी लाली गुरासँ संरक्षणमा लागेको काहुँकोट देउराली मन्दिर तथा धरहरा संरक्षण समितिका अध्यक्ष
इन्द्र बहादुर गुरुङले बताए । उनले पर्यटन विकासका लागि काहुँ धराहराको पुर्ननिमार्ण गर्नु पर्ने बताए ।
काहुँमा २०२६ सालमा वीरसिंह गुरुङको सक्रियातामा धरहरा निर्माण भएको थियो । २०७१ साल देखी समितिले
धरहराको प्रवेश शुल्क लिदै आएको छ । अहिले सम्म २६ हजार भन्दा बढिले धरहरा अवलोकन गरेको धरहरा
संरक्षण समितिका अध्यक्ष इन्द्र बहादुर गुरुङले बताए । पर्यटन यातायात समितिका अध्यक्ष बबरजंग गुरुङले
सुर्योदय हेर्नका लागि काहुँ जस्तै अन्य डाडाँमा पर्यटक भिड लाग्छ उनलेभने नयाँ गन्तव्यका रुपमा काहुँलाई
प्रचार प्रसार गरेर पर्यटक ल्याउने छौ । उनले भोलीदेखी नै पर्यटकलाई लौजान पहल गर्ने बताए ।
काहुँ डाडाँमा नै बुद्ध मण्डला तथा यसोधरा पार्क निमार्ण योजना अगाडी बढेको छ । व्यवस्थीत होटल र
रेष्टुरेण्टहरु बनेका छैनन् । वनभोज खानेहरु काहुँ जाने गर्दछन् । डाडाँ सम्मै पक्कि सडक पुगेको छ । तर पनि
व्यवस्थीत संरचनाहरु नबनेका कारण पर्यटकको आक्रर्षण बन्न सकेका छैनन । कार्यक्रमा गण्डकी प्रदेशका
पर्यटनमन्त्री विकास लम्साल, जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्री, पोखरा पर्यटन
परिषद्का अध्यक्ष चिरञ्जीवि पोख्रेल, लगाएतले पर्यटन काहुँको बारेमा चर्चा गरेका थिए ।
पर्यटन दिवस कै अवसरमा पहिलो जहाजबाट पोखरा विमानस्थलमा झर्ने पर्यटकहरुलाई होटल संघले स्वागत
गरेको छ । त्यसै पर्यटक बसबाट आउने पर्यटकलाई पोखरा पर्यटक बस पार्कमा नाट्टा पोखराले स्वागत गरेको छ
। नाट्टा पोखराका अध्यक्ष सन्तोष पोख्रेल, पोखरा विभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले स्वागत
गरेका थिए । साझँ रेवान पोखराको आयोजनामा लेकसाइडमा मिनि सडक महोत्सव भएको छ ।
काहुँ डाडाँबाट पोखरा हेर्दा
Posted by Ganthan.com on Thursday, September 27, 2018