तनहु र स्या·जामा एलिजा डान्स एण्ड सिङ्गीङ स्टारको अडिसन राउण्डन हुने

पोखरा, ८ भदौ। एलिजा फिल्मस् नेपालद्धार सञ्चालित पोखरा नाच घरको आयोजना तनहुको खैरेनिटार र स्या·जामा खुल्ला एलिजा डान्स एण्ड सिङ्गीङ स्टार २०७० को अडिसन राउण्डन हुने भएको छ । अडिसन राउण्ड अन्तर्गत तनहुको खैरेनीटार स्थित एविसी डान्स ट्रेनिङ सेन्टरमा १२ गते र स्या·जामा १५ गते हुने आयोजकले जनाएको छ ।
अडिसन राउण्डबाट छनोटमा परेकाहरुको मेघा अडिसन राण्डन २२ गते पोखरा केएफसी रेष्टुरेष्टमा हुने आयोजकले जनाएको छ । यस अघि पोखरामा भएको अडिसन राउण्डबाट ५४ जना छनोट भएको एलिजा फिल्मस् प्रालिका प्रवन्ध निर्देशक जिवन सुनारले जानकारी दिए।
प्रतियोगितामा गायन तर्फ नबराज बराल, तीर्थराज पोख्रेल र श्रीमान थुलु· भने डान्स तर्फ गोरे गुरुङ, प्रिति गुरुङ नानी र अमृत नेपाली निर्णायकमा रहेका छन् । कलाकारलाई पाएक पर्ने ठाउहरुमा अडिसन राउण्ड गरेर कात्तिक ९ गते फाईनलको साथै विविध साँस्कृतिक कार्यक्रमको तय गरिएको आयोजकले जनाएको छ ।
कलाकारिता क्षेत्रका कमिकमजोरी तथा समास्याहरुलाई हटाई नया सोच र जोसका सथा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिको हो । प्रतियोगितामा डान्स स्टार र सिङ्गिङ स्टारले नगद ५१÷५१ हजारका साथै अन्य अवसर पनि दिईने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...