काठमाडौं । नेपालबाट रोजगारीका लागि मलेसिया गएका नेपालीले विषाक्त रक्सी खाँदा ज्यान
गुमाउनेको संख्या ७ पुगेको छ । मलेसियामा विषाक्त रक्सी खाएका कारण शुरुमा ५ जनाको मृत्यु भएको
थियो । अझै १२ जना उपचारको क्रममा रहेका छन् । उपचार गराइरहेकामध्ये ४ जनाको अवस्था गम्भीर
भनिएको छ ।
मलेसियामा रहेको नेपाली दूतावासका अनुसार रक्सी खाएर सिकिस्त बिरामी परेका नवलपरासी
देउराली ८ का दुर्गा सिंह रानाको उपचारका क्रममा ज्यान गएको हो ।
विषाक्त रक्सीकै कारण यसअघि नै धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार
यादव, डढेलधुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका सञ्जय उराव, इलाम
सिद्धिथुम्काका बलबहादुर कुलुङ र सर्लाहीका आइत सिंह गोलेको ज्यान गएको दुताबासले जनाएको छ ।
विषाक्त रक्सी सेवन गर्नेहरुमा टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, बान्ता हुने, पखाला लाग्ने, आँखा धमिलो
हुने, पेट दुख्ने, रिंगटा लाग्ने, छिटो छिटो सास बढ्ने जस्ता लक्षण देखिएको मलेसियाको स्वास्थ्य
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।