पोखरा, २३ भदौ / नेपाल खानेपानी संस्थान पोखराले पोखरामा पानी आपुर्ति नगर्दा पोखरामा एक साता देखी
पानीको हाहाकार भएको छ । पोखराको खानेपानीको मुख्य श्रोत मर्दी खोलाको जलाधार क्षेत्रमा पहिरो गए पछि
खानेपानी संस्थाले पोखरामा पानी आपुर्ति गरेको छैन । पहिरोका कारण खोलामा लेदो बगेको र लेदो पानी प्रयोग
नगरिएका कारण आपुर्तिमा समस्या आएको संस्थानले जनाएको छ ।
संस्थानका प्रमुख निरन महर्जनले पानी वितरणमा असहजता हुन सक्ने भन्दै धैर्य रहन उपभोक्तालाई आग्रह
गरेका छन् । ‘मर्दीखोलाको जलाधार हुम्दी, सैंतीघट्ट लगायत क्षेत्रमा पहिरो झरेको छ । यसले खोलामा पनि लेदो
बगेको छ, फेसबुकमा स्टाटस लेख्दै उनले भने–पानी अत्यधिक धमिलो भएका कारण पानी उत्पादन गरिएको
छैन । केही दिन वितरण असहज हुने भएकोल ग्राहकहरुमा पर्ने असुविधाप्रति क्षमाप्रार्थी छौं ।’
पोखराको मुहान खुला खोलाबाट ल्याईने भएकोले थिग्रयाउने प्रविधि छैन । जसका कारण खोलामा बगेको पानी
सामान्य प्रशोधन गरेर उपभोक्ताको धारामा पठाईन्छ । महर्जनले भनेजस्तो अहिले पहिरो नझरेको स्थानीयले
बताए । ‘हप्तादिन अगाडी रिभानबाट अलिअलि लेदो आएको हो । खोलामा पानी धमिलो चाहीँ छ, ति स्थानीयले
भने–पानी छानेर पठाउन अल्छि गरेर खोलालाई दोष थुपारियो ।’ पोखराको रिभानमा अघिल्लो बर्ष पहिरो गएको
थियो । खाने पानीले पानी आपुर्ति नगर्दा पोखरा बासीले पानीका लागि सरकारी धाराहरुमा लामो लाइन लगाएर
पानी भन्नु परेको छ । पोखरा ७ नुवारथोकमा रहेको पानी धारामा दिन रात लामो लाइन हुने गरेको स्थानीयले
बताए ।