तिज लगायत चाडपर्वहरु तडकभडक गर्न नपाइने

पोखरा,४, भदौ पोखरामा आयोजना भएको एक कार्यक्रममा वोल्ने वक्ताहरुले  तिज लगायत अन्य चाडपर्वहरु तडक भडक रहित तरिकाले मनाउनु पर्ने आवश्यकता औलाइएको छ । प्रमुख जिल्ला अधिकारी यादव प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न नागरिक समाज , पत्रकार ,स्थानिय निकाय , टोल विकास संस्था लगायतको संयुक्त वैठकले उक्त आवश्यकता औलाएको हो ।वर्षयतादेखि अत्यन्तै वोझिलो र भड्किलो रुपमा मनाउने प्रवृत्ति वढ्दै गएको भन्दै त्यस्ता प्रवृत्तिलाई अत्य गर्न समेत अनुरोध गरेको छ । साथै तडक भडक तरिकाले चाडपर्वहरु मनाउनका लागि सम्पुर्ण जिल्लावासीहरुलाई आह्वान गर्दे स्थानिय निकाय, नागरिक समाज, टोल विकास संस्थाहरु आमा समुहहरु लगायतले भड्किलो संस्कार विरुद्धमा प्रचारप्रसार गर्ने तथा जनचेतना मुलक कार्यक्रमहरु अभियानका रुपमा संचालन गर्ने निर्णय समेत गरेको छ ।
कार्यक्रममा वोल्ने वक्ताहरुले तिजलाई भड्किलो मुक्त जिल्लाका रुपमा घोषणा गर्नुपर्ने आवश्यकता औलाउदै दरका नाउमा भोज खाने संस्कृतिलाई अत्य गर्नुपर्ने र चाडलाई गहना र कपडा प्रदर्शन गर्ने चाडका रुपमा विकास गर्न नहुने कुरामा समेत जोड दिएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यादव प्रसाद कोइरालाको सम्पुर्ण चाडपर्वहरु सामाजिक व्यवहार सुधार ऐन २०३३ को मर्म र भावना प्रतिकुल हुने गरि नमनाउन सम्पुर्ण कास्की वासिहरुलाई अनुरोध गरेका छन् ।
कार्यक्रममा स्थानिय विकास अधिकारी ईश्वरराज पौडेलले सम्पुर्ण चाडपर्वहरु मनाउदा अर्कालाई असर नहुने तरिकाले मनाउनुपर्ने आवश्यकता औल्याए । साथै यसभन्दा अगाडी नै जिल्ला विकास समितिले भड्किलो तरिकाले चाड मनाउनका लागि कुनैपनि सहयोग नगर्ने सुचना समेत प्रकाशन गरेको थियो ।
त्यस्तै जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख केदार रिजालले सम्पुर्ण चाडवाडहरु सामाजिक व्यवहार सुधार ऐन २०३३ अनुरुप मनाउन अनुरोध गरेका छन् ।
त्यस्तै पोखरा उपमहानगर पालिकाका निमित्त कार्यकारी अधिकृत ओमराज पौडेलले पोखरा उपमहानगर पालिकाले समेत भड्किलो रुपले आयोजना गरिने तिजका कार्यक्रमलाई सहयोग नगर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।  कार्यक्रममा भड्किलो तिज विरुद्ध अभियानका अभियन्ता सुष्मा पौडेलले यसपालि तिजलाई सम्पुर्ण जिल्लावासिहरु एकजुट भएर भड्किलो तिज मुक्त जिल्लाका रुपमा घोषणा गर्दे कार्यन्नयन गर्नुपर्ने आवश्यकता समेत औल्याएकि थिइन् ।

कमेन्टहरु
Loading...