भाद्र ३, पोखरा/एकीकृत नेकपा (माओवादी) का बरिष्ठ केन्द्रीय सदस्य तथा तमुवान राज्यका संयोजक डिलाराम आचार्यले उत्पादन र निर्माणको नेतृत्व युवाहरुले गर्नुपर्ने बताउनुभएको छ । योङ्ग कम्युनिष्ट लीग, नेपाल क्षेत्र नं. ३ कास्कीको सम्मेलनको उद्घाटन गर्दै नेता आचार्यले उक्त कुरा बताउनुभएको हो । युवा सम्मेलनलाई सम्बोधन गर्दै नेता आचार्यले भन्नुभयो –‘हिजो राजतन्त्रको अन्त्यका लागि जनयुद्धको नेतृत्व गर्ने युवाहरुको आज कार्यभार फेरिएको छ, अब युवाहरुले परिवर्तनलाई जनताको दैनिक जीवनमा परिवर्तन ल्याउने गरि उत्पादन र निर्माणको नेतृत्व गर्न आवश्यक छ ।”
अर्को एक प्रसङ्गमा नेता आचार्यले अहिले सिङ्गो देश माओवादी एजेण्डाको वरिपरि घुमेको बताउनुभयो । उहाँले भन्नुभयो –‘आज सिङ्गो देश र प्रत्येक परिवारमा माओवादीका एजेण्डाका बारेमा बहस भएको छ । अरु पार्टीहरु केवल प्रतिक्रियाको राजनीति मात्र गरिरहेका छन् ।” नेता आचार्यले गणतन्त्रको स्थापनाले राजनीतिक क्षेत्रमा ठूलो उथलपुथल पैदा गरेपनि जनताको दैनिक जीवनमा परिवर्तन आउन नसक्दा राजनीतिक परिवर्तनप्रति प्रश्न उठेको स्वीकार गर्नुभयो ।
‘राजनीतिप्रति जनतामा केही निरासा छ, तर एउटा जाली र धारो ठूलो कि युगौंयुग सम्म जनताको अधिकार स्थापित गर्ने कुरा ठूलो ?” उहाँको प्रश्न थियो । कार्यक्रममा माओवादी केन्द्रीय सदस्य तथा कास्की जिल्लाका संयोजक झलकपाणि तिवारीले समतामूलक समाजको निर्माण नै युवा कम्युनिष्टहरुको प्रमुख कार्यभार भएको बताउनुभयो । उहाँले भन्नुभयो –‘युवा कम्युनिष्टहरुको प्रमुख कार्यभार समतामूलक समाजको निर्माण हो, तर तत्कालको कार्यभार संविधानसभामा क्रान्तिकारी शक्तिलाई विजयी बनाउनु हो ।”
कार्यक्रममा वाइसिएलका केन्द्रीय सचिवालय सदस्य तथा तमुवान राज्य संयोजक दीपक कोइराला ‘रुपक” ले कम्युनिष्टहरु हार्नका लागि नजन्मिएको बताउनुभयो । उहाँले भन्नुभयो –‘कम्युनिष्टहरु हार्नका लागि जन्मिएका होइनन्, मोर्चा हार्न सकिन्छ, तर समग्र युद्ध कम्युनिष्टहरुले जित्नैपर्छ ।” वाइसिएल सुतेको सिंह भएको भन्दै कोइरालाले संविधान सभाको निर्वाचनलाई प्रभावित पार्ने शक्तिहरुलाई युवा कम्युनिष्टहरुले बढार्ने चेतावनी दिनुभयो ।
२०८२ पुष १५ गते मंगलवार
उत्पादन र निर्माणको नेतृत्व युवा लाग्नु पर्ने –‘नेता आचार्य”
कमेन्टहरु