पोखरा, २७ साउन / साउन २९ ट्होटें पर्वमा दिने परेको बन्दमा सवारी संचालन गर्न दिन तमु धिंको माग गरेको छ । आइतबार तमु धिंका अध्यक्ष कर्म तमुले विज्ञप्ती प्रकासीत गर्दै ट्होटें पर्वमा आउनेहरुलाई सवारी साधन प्रयोग गर्न दिन अनुरोध गरेकी छन् ।
साउन २९ गतेका दिन नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आयोजना गरेको समाचारले हाम्रो ध्यानाकार्षण भएको विज्ञप्तीमा उल्लेख छ ।
तमुहरुको ऐतिहासिक, साँस्कृतिक, मौलिक पर्वको संरक्षण, सम्बद्र्धन र विकासका लागि नेकपाको पनि साथ सहयोगको अपेक्षा गरेका तमुले उल्लेख गरेकी छन् ।
त्यसैले उक्त दिन तमु धिं नेपालद्धारा आयोजित ट्होटें पर्वलाई सफल पार्न ट्होटें पर्व मनाउन प्रयोग हुने यातायातका साधनहरुलाई सहज रुपले सञ्चालन गर्न सहयोग पु¥याई दिनुहुन आग्रह गर्दछु विज्ञप्तीमा उल्लेख छ ।
तमुहरुको ऐतिहासिक, साँस्कृतिक एवं मौलिक पर्व ट्होटें पर्व तमु धिं नेपालले संस्थागत रुपले वि.सं. २०५२ साल देखि पोखरामा प्रत्येक साउन र चैत महीनाको अन्तिम मंगलबार विशाल ¥याली जुलुस र जनसहभागिताको साथ मनाउदै आएको छ ।
विज्ञप्ती
मिति ः २०७५÷४÷२७
तमुहरुको ऐतिहासिक, साँस्कृतिक एवं मौलिक पर्व ट्होटें पर्व तमु धिं नेपालले संस्थागत रुपले वि.सं. २०५२ साल देखि पोखरामा प्रत्येक साउन र चैत महीनाको अन्तिम मंगलबार विशाल ¥याली जुलुस र जनसहभागिताको साथ भव्य र सभ्य रुपले मनाउँदै आईरहेका छ ।
यस पटक पनि यही साउनको २९ गते साउनको अन्तिम मंगलबार पोखराको टुंडिखेलबाट विशाल ¥याली झांकी जुलुस सहित शुरु भई नयाँ बजारस्थित तमु धिं नेपालको प्रांगणमा औपचारिक कार्यक्रमको साथ भव्य रुपले सम्पन्न गर्ने कार्यक्रम रहेको जानकारी गराउदछु ।
यसैविच साउन २९ गतेका दिन नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आयोजना गरेको समाचारले हाम्रो ध्यानाकार्षण भएको छ। तमु जातिको ऐतिहासिक, साँस्कृतिक, मौलिक पर्वको संरक्षण, सम्बद्र्धन र विकासका लागि नेकपाको पनि साथ सहयोगको अपेक्षा गर्दछौं।
त्यसैले उक्त दिन तमु धिं नेपालद्धारा आयोजित ट्होटें पर्वलाई सफल पार्न ट्होटें पर्व मनाउन प्रयोग हुने यातायातका साधनहरुलाई सहज रुपले सञ्चालन गर्न सहयोग पु¥याई दिनुहुन आग्रह गर्दछौं।
साथै साउन २९ गतेको ट्होटें पर्वमा तमु, आदिवासी जनजाति समुदाय लगायत आम नेपाली दाजुभाई दिदिवहिनीहरुलाई सहभागीताका लागि हार्दिक अनुरोध गर्दछौं।
कर्म तमु
अध्यक्ष