नेपाल अफगानिस्तानसँग ३ रनले पराजित

पोखरा, १ भाद्र/अन्तिम दुइ ओभरमा ४ विकेट गुमाएपछि नेपालले अफगानिस्तान सगँ ३ रनले हारको सामना गरेको छ । सिंगापुरमा आजबाट सुरु भएको एसिसी इमर्जिङ टिम्स कपमा अफगानिस्तानले विजयी सुरुवात गरेको छ। समूह ए अन्तर्गत अफगानिस्तानविरुद्धको पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको हो । टस जितेर नेपालले पहिले फिल्डङ रोजेको थियो। ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६९ रन बनाएको थियो।
creवर्षाका कारण खेललाई ४६ ओभरमा छोट्याइएको थियो। १ सय ७० रनको लक्ष्यलाई घटाएर १ सय ६१ बनाइएको थियो। नेपालले ४५ दशमलभ ३ ओभरमा सबै विकेट गुमाउँदै जम्मा १ सय ५७ रन मात्रै बनाउन सक्यो । नेपालका कप्तान पारस खड्का ६० रनमा आउट भए। उनी आउट भएसँगै नेपाली टोली दबावमा आएको थियो। उनको स्थानमा आएका पृथु बास्कोटा २ रनमा नै पभेलियन फर्किए । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले २४, सुवास खकुरेलले २३ रन बनाए । अनिल मण्डल भने ३ रनमा नै आउट भए ।
टस हारेर पहिले व्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६९ रनमै दबाब राख्ने क्रममा नेपालका बसन्त रेग्मीले १० ओभरमा १ मेडन राख्दै ३१ रन दिएर ५ विकेट लिएका थिए । अभिनाश कर्ण, चन्द्र साउथ र सागर पुनले समान १(१ विकेट लिए । इमर्जिङ टिम्स कप एसिसीले पहिलोपल्ट गर्न लागेको प्रतियोगिता हो। टेस्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका २३ वर्षमुनिका टोलीले प्रतियोगितामा भाग लिएका छन् । नेपाल, युएई, अफगानिस्तान र सिंगापुरको पूर्ण टोली छन् ।
गत वर्ष युएईमा सम्पन्न एसिसी ट्रफी इलिटको शीर्ष तीनमा रहदै नेपाल, युएई र अफगानिस्तानले इमर्जिङ टिम्स कपमा स्थान बनाएका हुन्। सिंगापुरलाई आयोजकका हैसियतमा स्थान दिइएको हो।

कमेन्टहरु
Loading...