गोरखा, ३१ साउन/राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता गौरी प्रधानले गोरखा फुजेल गाविस–७ का कृष्णप्रसाद अधिकारीको हत्याको अनुसन्धान प्रक्रिया अघि बढाउनु पर्ने बताए ।
पिडितका परिवारको जीवन रक्षाका लागि भएपनि सरकारले हत्याको अनुसन्धान अघि बढाउनु पर्ने उनले बताए । ‘अधिकारी परिवारको हत्याको विषयमा पिडित परिवार र आरोपित पिडक पक्ष दुवैले आयोग सामु स्वतन्त्र छानविनको माग गरेका छन ।’ प्रधानले साउन ३१ गते पत्रकार सम्मेलनमा भने ‘राज्यले अनुसन्धान प्रक्रिया थालेर सत्य निरुपण, पिडितलाई न्याय र संक्रमणकालिन न्याय प्रदान गर्नु पर्छ ।’ आयोगले सरकाले अधिकारी हत्या बारे अनुसन्धान गर्न सरकारलाई २०६५ सालमा नै सुझाव दिएको उनले जानकारी दिए ।
पिडितका परिवारका बावु नन्दप्रसाद र आमा गंगामाया आमरण अनशनमा बसेकाले अनुुसन्धान थालेर उनीहरुको जीवन रक्षा गर्नु पर्ने प्रधानको तर्क थियो । उनले भने ‘घटनाको मानवअधिकारको रुपमा सम्बन्धोन हुनुपर्छ ।’ सत्य निरुपण तथा मेलमिलाप आयोग नबन्दा सम्म संक्रमणकालिन न्यायका लागि पिडितको गुनासो सुन्नुपर्ने उनले बताए । आयोगको सिफारिशलाई कुनै पनि पक्षले राजनैतिक दृष्टिकोणबाट हेर्न नहुने उनको भनाई थियो । ‘आयोग द्धन्द्धका समयका कुनै पनि घटनालाई उचाल्नु पर्छ भन्ने पक्षमा छैन ।’ उनले भने ‘गम्भिर प्रकृतिका घटनाहरुको स्वतन्त्र छानविन गरि कारवाही प्रक्रिया अघि बढाउन सरकारलाई सुझाव दिन्छौँ ।’
अन्तराष्ट्रिय मूल्य, मान्यता अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग र व्यक्ति बेपत्ता तथा छानविन आयोग बनाएर द्धन्द्ध व्यवस्थापन गर्नु पर्ने उनको तर्क थियो । २०६१ सालमा १७ वर्षीय कृष्णप्रसाद अधिकारीको चितवनमा नेकपा माओवादीले हत्या गरेका थिए ।
२०८२ पुष १५ गते मंगलवार
अधिकारी हत्याको अनुसन्धान अघि बढाउ ः आयोग प्रवक्ता प्रधान
कमेन्टहरु