पोखरा, २७ असार/पोखरा जेसीजले आयोजना गर्दै आएको मिस पोखरा २०१८ को मुख्य प्रायोजन हिमा अस एजुकेशन कन्सल्टेन्सीले गर्ने भएको छ । प्रायोजन सम्बन्धी सम्झौतामा मिस पोखरा कार्यक्रमका मुल संयोजक जेसी देवराज शर्मा र हिमा अस एजुकेशन कन्सल्टेन्सिका प्रबन्ध निर्देशक समिर थापाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
मिस नेपाल पछिको दोस्रो ठुलो सौन्दर्य प्रतियोगीताको रुपमा चिनीने मिस पोखरा कार्यक्रम युवा नारीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गराउने महत्वपुर्ण कार्यक्रम हो । जसबाट युवा नारीहरुले आफुभित्र रहेको क्षमतालाई प्रस्फुटन गराई समाजमा आफ्नो नेतृत्व स्थापित गर्न सक्दछन् ।
व्युटि विथ व्रेनको स्लोगन सहित आयोजना गर्न लागीएको सो कार्यक्रमकी विजेताले यो वर्ष एक हप्ताको अष्ट्रेलिया भ्रमण गर्न पाउने छन् । अष्टे«लिया, काठमान्डौ, पोखरा लगाएत विभिन्न स्थानबाट शैक्षिक परामर्श दिँदै आएको हिमा अस एजुकेशन कल्सल्टेन्सिले एक हप्ता विजेतलाई आफ्रनै खर्चमा भ्रमणमा लाने गरि आयोजक पोखरा जेसीज र प्रयोजक हिमा अस एजुकेशन कन्सल्टेन्सि विच समझदारी भएको हो । मिस पोखरा विजेता मिस नेपालको अन्तिम प्रतिस्पर्धामा समेत स्वत प्रवेश समेत पाउने व्यवस्था छ ।
मुख्य प्रायेजकको नामबाट कार्यक्रमको नाम समायोजन पोखरा जेसीजको विगतको प्रचलन मुताविक मिस पोखरा कार्यक्रम २०१८ को नाम अव हिमा अस मिस पोखरा २०१८ हुने पोखरा जेसीजका अध्यक्ष जेसी शिव सुवेदीले जानकारी दिए । पोखरा जेसिजसँग यो महत्वपुर्ण कार्यक्रममा सहकार्य गर्ने अवसर प्रदान गरेकोमा हिमा अस एजुकेशनका प्रबन्ध निर्देकले समिर थापाले आयोजकलाई धन्यवाद दिए ।