पत्रकार समुन्द्रमाथि हातपात

नेपाल पत्रकार महासंघ तनहुँका सहसचिव समुन्द्र पौडेलमाथि बुधबार छाङ ३ थर्पुमा सोही ठाउँका सोमबहादुर थापाले आक्रमण गरी हातपात गरेका छन् । तनहुँबाट नागरिक दैनिकका सम्वाददातासमेत रहेका पौडलमाथि भएको सो आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघ तनहुँ शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
sssssssssसमाचार संकलनका लागि गएका पत्रकारमाथि एक्कासी आक्रमण गरी हातपात गर्नु अलोकतान्त्रिक, प्रेस स्वतन्त्रता र विधिको शासनको बर्खिलाप भएको महासंघले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘महासंघ उक्त कार्यको घोर निन्दा एवं भत्र्सना गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
स्वतन्त्रता र निर्भयतापूर्वक समाचार संकलन तथा संप्रेसण गर्ने पत्रकारको दायित्व र धर्मलाई निर्वाह गर्ने कार्यमा अवरोध सिर्जना मात्रै नगरेर हातपात र आक्रमण गर्ने सोमबहादुर थापालाई कडा कानूनी कार्वाही गर्नुपर्ने सचिव ओमकार आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘पत्रकारको शान्ति सुरक्षाको ग्यारेन्टी गर्न प्रशासनसँग जोडदार माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ, ‘प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकारहरुमाथि सम्मानजनक व्यवहार प्रदर्शन गर्ने सरोकारवाला सबै पक्षसँग अनुरोध गर्दछौं । यसैबीच, पत्रकार पौडेलमाथि भएको सो आक्रमणप्रति प्रेस चौतारी तनहँु शाखालेसमेत आपत्ती प्रकट गरेको छ । अध्यक्ष प्रकाशचन्द्र भट्टराईद्वारा जारी विज्ञप्तिमा आक्रमणकारीलाई कडा कारवाही गर्न माग गरिएको छ ।

कमेन्टहरु
Loading...