अखण्ड नेपाल पार्टी कास्कीले आज पुरुन्चौरमा गाविसको प्रथम गाँउ अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले गंगा बहादुर केसीको अध्यक्षतामा १५ सदस्सीय कार्य समिती चयन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्ष छविलाल तिवारी, महिला उपाध्यक्ष सरस्वती अधिकारी, तिर्थ कुमारी विक, सचिव भरतराज आर्चय, सहसचिव नन्दलाल बाँस्तोला, कोषाध्यक्ष चित्र बहादुर केसी चयन हुनु भएको छ ।
त्यस्तै समितीको अन्य सदस्यहरुमा जय बहादुर थापा मगर, टेकनाथ पौडेल, मित्रलाल अधिकारी, मान बहादुर विक, खेममाया नेपाली, अफ्सरा गौतम, नारायण प्रसाद बाँस्तोला, धन बहादुर तिमिल्सीना लगायत रहनु भएको छ । यसैविच आजनै १५ जना सल्लाहकारहरु चयन गरिएको छ । जसमा एक नारायण गौतम, नन्द प्रसाद गौतम, दुर्गा बहादुर विक, डम्बर बहादुर विक, उजेली विक लगायत रहनु भएको छ ।
कार्यक्रममा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि अखण्ड नेपाल कास्कीका उपाध्यक्ष दिल बहादुर अधिकारीलेले सपथ ग्रहण गराउनु भएको थियो । क्षेत्री समाज नेपाल गाँउ एकाई समितीका अध्यक्ष गंगा बहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रम अखण्ड नेपाल कास्कीका जिल्ला सदस्य राम बहादुर जिसीले सञ्चालन गर्नु भएको पार्टीका जिल्ला उपाध्यक्ष तथा प्रचार प्रसार विभाग प्रमुख अर्जुन बहादुर बस्नेतले जानकारी दिनु भएको छ ।
