कम्युनिटी सपोर्ट गु्रप, वि.डि.आर.सीले आज पोखरा वडा नम्बर १५ पटनेरीमा पटनेरी विपत व्यवस्थापन समितीलाई बिपत उद्धार सामग्री हस्तान्तरण गरेका छन् । कम्युनिटी सपोर्ट गु्रपका अध्यक्ष मनोज गुरुङ्गको प्रमुख आतित्थ्यता रहेको कार्यक्रममा टेन्ट, रबर बुट, लेदर ग्लोब्स, लाइफ ज्याकेट, सेप्टी ज्याकेट, हेडलाईट, इमरजेन्सी लाईट, सेफ्टी हेलमेट, स्टेचर, साईरन, हातेमाईक लगाएतका विपत उद्धार सामग्रीहरु हस्तान्तरण गरीएको कम्यूनिटी सपोर्ट ग्रुप वि.डि.आर सी परियोजनाका कार्यक्रम संयोजक सुमेरु त्रिपाठीले जानकारी दिनु भएको छ ।
पटनेरी विपत ब्यवस्थापन समितिका अध्यक्ष सन्तोष गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा वि.डि.आर सी परियोजनाका कार्यक्रम संयोजक सुमेरु त्रिपाठी, अमिनतारा रिफ्रेक्स समुहका मुना श्रीस लगायतले बोल्नुभएको थियो । त्यस्तै कार्यक्रममा शसत्र प्रहरी बल कालिका गणका शसत्र प्रहरी नायव निरिक्षक गोविन्दा लामिछाने र दिपक कुमार थापाले विपत सम्वन्धी सामग्रीहरुको प्रयोग विधिको बारेमा प्रकाश पार्नु भएका थियो । त्यस्तै गरी हिजो लेकसाइड ६ खहरेमा वंगालादी विपत व्यस्थापन समितीलाई पनि विपत सामग्री हस्तारण गरिएको छ । कम्युनिटी सपोर्ट ग्रुपका अध्यक्ष मनोज गूरुङ्गको प्रमुख आतित्थ्यता रहेको कार्यक्रम बंगालादी विपत व्यस्थापन समितीका अध्यक्ष टेकनाथ अधिकारी को अध्यक्षतामा सम्पन्न भएको हो ।
२०८२ पुष १५ गते मंगलवार
बिपत उद्धार सामग्री हस्तान्तरण
कमेन्टहरु