पोखरा, १२ असार /प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले जिल्लामा छुट्टै संरचना बनाएर आफ्ना मान्छेलाई जागिर दिने काम नगर्न संघिय सरकारलाई अनुरोध गरेका छन् । गृह मन्त्रालयको आयोजना तथा युएनडिपिको प्राविधिक सहयोगमा पोखरामा विपत जोखिम न्यूनिकरण तथा व्यबस्थापनको छफलफ गोष्ठीको उद्घाटन गर्दै जिल्लामा विपत सम्बन्धी छुट्टै संरचना बनाउन नहुने बताए ।
उनले अहिले तीन तहको सरकार आइसकेको बताउदै विपत आइपरे स्थानीय सरकारले नै काम गर्ने बताए । उनले नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी सगँ स्थानीय सरकार र प्रदेश सरकारले समन्वय गरेर काम गर्ने बताए । मुख्यमन्त्री गुरुङले सरकार स्थानीय सरकारलाई सरकारको मात्रै मुख ताकेर नबसि विपत व्यवस्थापनका लागि बजेट छुटाएर काम गर्न निर्देशन दिए ।
विपत जोमिख न्यूनिकरणका लागि हरेक व्यक्तिले दैनिक रुपमा सानासाना पूर्व तयारी गरिरहनु पर्ने बताए । कार्यक्रममा प्राकृतिक र कृतिम जस्तोसुकै विपत हुनु पूर्व र विपत आइसके पश्चात उद्धार तथा राहत वितरणलाई कसरी प्रभावकारी व्यबस्थापन गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको थियो ।
छलफलमा पर्याप्त स्रोत साधनको व्यवस्था गरिनुपर्ने, आवश्यक तालिम प्राप्त जनशक्तिको व्यवस्था, पूर्व तयारी लगाएतका काम गर्नु पर्नेमा जोड्दिएका थिए । कार्यक्रममा प्रदेश ४ अन्तर्गत विभिन्न मन्त्रालयका मन्त्रीहरु, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, गाउँपालिका प्रमुख, महानगरका प्रमुखहरुको सहभागीता रहेको थियो । नेपाल सरकारको तथ्याङक अनुसार प्राकृतिक विपत्तिका कारण प्रति वर्ष ९ सय र कृतिम विपत्तिका कारण हरेक वर्ष २ हजार जनाको ज्यान जाने गरेको छ ।