पोखरा, २७ साउन/कास्की थुमाकोडाँडा वडा नम्वर ३ याङ्जाकोट निवासी मृगौलापिडित भूश्री तमूको मृगौला प्रत्यारोपणका लागी तमू प्ये ल्हु संघ युएई शाखाबाट सहयोग प्राप्त भएको छ ।
युएई शाखाले मृगौलापिडित तमूको उपचारको लागी युएईमा संकलित ८२ हजार रुपैया शाखाका कोषाध्यक्ष ओम प्हच्यु तमू र सहयोग रकम संकलन अभियन्ता ज्ञान वहादुर मिगी लम तमूले संयुक्त रुपमा युएईमा कार्यरत भूश्रीका जेठा छोरा धन वहादुर तमूलाई हस्तान्तरण गरेका छन् ।
भूश्रीको मृगौला उपचारको लागी युएई शाखाबाट २६ हजार र लमजुङ पस गाउँ भई हाल पोखरा घर भई युएईमा कार्यरत ज्ञान मेगी लम तमूको सक्रियतामा संकलित ५४ हजार रुपैया गरी जम्मा ८२ हजार भूश्रीका छोरा धन वहादुर तमूलाई हस्तान्तरण गरेको युएई शाखाका अध्यक्ष एक्काजंग तमूले जानकारी दिए ।
२०८२ फाल्गुन ५ गते मंगलवार