पोखरा, २२ जेठ/पोखरामा भएको एउटा कार्यक्रमको व्यानमा लेखिएको विषयले अहिले मजाक बनाउदै चर्चा छ । चर्चा व्यानमा लेखिएको विषयमा सामाजीक सञ्जालहरु फेसबुक, ट्विटर र फेसबुकका गुपहरुमा यसकै बिषयमा छलफल छन् ।
छलफलले व्यानरमा लेखिएको कुृरालाई मजाक बनाउने काम भएको छ । सोमबार पोखरा लेखनाथ महानगरपालिका १७ मा भएको जनचेनता कार्यक्रमको ब्यानरमा लेखिएको विषयलाई लिएर सबै जनाले विभिन्न अर्थ लगाएका छन् ।
फेसबुक र ट्विटरमा सेयर गरिएको फोटोमा रहेको ब्यानरमा कार्यक्रमको शीर्षकमा (एक दिने गर्भवतीहरूका लागि जनचेतना कार्यक्रम लेखिएको छ । तर हुनुपर्ने गर्भवती महिलाहरुका लागि एक दिने जनचेतना मुलक कार्यक्रम हो । केही एक दिने एक दिने गर्भवती पनि हुन्छ र ? भन्दै फेसबुक र ट्विटरमा यो फोटो सेयर गरेका छन् ।
गर्भवतीहरूका लागि एक दिने कार्यक्रम लेख्नुपर्नेमा ब्यानर बनाउँदा भूलबस अन्यथा हुन पुगेको कार्यक्रमका आयोजक पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले बताए।
फोटोमा फोनमा कुरा गर्दै गरेका देखिने व्यक्ति वडाअध्यक्ष अधिकारी हुन्। उनले बिहानैदेखि आफूलाई पनि ब्यानरमा लेखिएको विषयलाई लिएर धेरैजनाले फोन गरेको बताए ।