गोरखाका कृष्णप्रसाद अधिकारीको हत्या अनुसन्धान माग गर्दै बालुवाटारमा धर्ना गर्दा पक्राउ परेका अधिकारकर्मीहरुलाई प्रहरीले रिहाई गरेको छ। १६ जाना अधिकारकर्मीहरुलाई केहि घन्टा कमलपोखरी वृत्तमा राखेर ११ बजे रिहा गरिएको छ। रिहाई लगत्तै उनीहरु वीर अस्पतालमा उपचाररत कृष्णप्रसादका आमाबाबु नन्दप्रसाद र गंगालाई भेट्न वीर अस्पताल पुगेका थिए।
***
माओवादीको सशस्त्रद्वन्द्वको समयमा हत्या गरिएका गोरखाका कृष्णप्रसाद अधिकारीको हत्या घटनाको छानविनको माग गर्दै आन्दोलनमा उत्रीएका अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटार नजिकै प्रदर्शन गर्न पुगेका १६ अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ४ महिला र १२ पुरुष रहेको प्रहरीले जनाएको छ । गिरफ्तारमा परेका अधिकारकर्मीलाई प्रहरी वृत कमलपोखरीमा राखिएको छ । छोराको हत्यारालाई कारावहीको माग गर्दै नन्दप्रसाद र गंगामाया अधिकारी दम्पत्ती लामो सयमदेखि काठमाडौंमा आन्दोलन गरिरहेका छन् । २०६१ सालमा माओवादीले अपहरण गरी छोरा कृष्णप्रसादको हत्या गरेको र २०६४ मा जग्गा कब्जा गरेको भन्दै अधिकारी दम्पती अनसनमा बसीरहेका छन् ।
उनीहरुको मागलाई समर्थन जनाउादै केही अधिकारकर्मीहरु प्रदर्शनमा उत्रेका थिए ।
– See more at: http://setopati.com/samaj/3030/#sthash.SnfJbeA2.dpuf