पोखरा, २८ वैशाख /दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारतबीचको सम्बन्धमा ५ टि’को महत्व रहेको बताएका छन् ।
जनकपुरमा नागरिक अभिनन्दन कार्यक्रमपछि मोदीले ट्रेड(व्यापार), ट्रेडिसन(परम्परा), टुरिजम(पर्यटन), टेक्नोलिटी(प्रविधि) र ट्रान्सपोर्ट (यातायात) को क्षेत्रमा दुई देशबीचको सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । उनले पाँच टि ले नेपाल भारत दुबै देशको विकास हुने बताए ।
उनले नेबरहुड फस्टका कारण आफू नेपाल भ्रमणमा आएको बताए । भारत जसरी तीब्र गतिमा विकास गरि रहेको छ त्यसरी नै नेपाल पनि अगाडि बढीरहेको उनको भनाई छ । दुई देशबीच विकासका लागि सहकार्य हुनुपर्ने बताए।
नरेन्द्र मोदी नेपालमा: #APlive
Posted by AP1 HD Sports on Thursday, May 10, 2018