विकास निर्माणको मुल मेरुदण्ड सडक –अध्यक्ष तिमिल्सिना

पोखरा, ७ वैशाख /राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले विकास निमार्णको मुल मेरुदण्ड नै सडक भएको बताएका छन् । पोखरा १८ भकुण्डेमा मोटरबाटोको उद्घाटन गर्दै सडक नै विकासको पहिलो आधार भएको बताए । पोखरा लेखनाथ महानगरपालिका १८ भकुण्डेबाट सराङकोटलाई जोड्ने ५ किलोमिटरको भकुण्डे सराङकोट नमुना मार्ग सडक रहेको छ ।
उनले यो सडकले पोखराको मात्रै नभएर पर्वत जानकालागि बैकल्पिक मार्ग समेत हुने बताए ।

उनले फेवातालको रमणिय दृश्य हेर्दै सडकमा मोटर कुदाउन पाउदा विदेशी पनि दंग पर्ने बताए । कार्यक्रममा प्रदेश ४ का सासद चन्द्रमोहन गौचनले सडक निर्माणमा आवश्यक पर्ने सहयोग गर्न तयार रहको बताए । उनले आफ्नै खर्चमा सडक बनाएर देश विकासमा सहयोग गरेको बताए ।

एनआरएन केन्द्रय अनरेरी काउन्सिल मेम्बर तथा प्रवासी नेपाली मञ्च युरोपका सहसंयोजक पुष्पराज तिमिल्सिना सडकको निकासले विकास हुने बताएउदै आफ्नो संस्थाबाट समेत सहयोग गर्ने बताए । पोखरा लेखनाथ महानगरपालिका १८ का वडा अध्यक्ष रणबहादुर थापाले भकुण्डेबाट सराङकोटको वडा कार्यालय जोड्ने छोटो मार्ग भएका कारण नमुना मार्गलाई अर्को वर्ष नगरयोजनाबाट बजेट छुट्टाउनले बताए ।

कार्यक्रम नेकपा एमालेका वडा नम्बर १८ का अध्यक्ष पुस्कल थापा, समाज सेवी प्रेमबहादु जिसी, सर्यप्रसाद तिमिल्सिना लगाएतले सडकबाट धेरै भन्दा धेरैले फाइदा उठाउन सक्ने बताए । करिब १३ लाखको व्यक्तिगत खर्चमा ५ किलोमिटर सडक खनेको मोटर बाटो निर्माण समितिका संयोजक यमप्रसाद तिमिल्सिनाले बताए । उनले करिब २० जनाले सडक निर्माणका लागि जग्गा, श्रमदान र नगद सहयोग गरेको उनले बताए ।

बाटो निर्माण गर्दा डम्बरराज तिमिल्सिना, मिन बहादुर थापा, चिन्तामणि तिमिल्सिना, बलबहादुर खड्का, रुद्रप्रसाद तिमिल्सिना, शक्ति थापा, नारायण बहादुर खड्का, हिमलाल तिमिल्सिना, टोलसुधार समितिका अध्यक्ष बुद्धिबहादुर खड्का, गणेश बहादुर थापा, प्रेम बहादुर थापा, मिनबहादुर थापा, ज्ञानबहादुर जिसी, सावित्री तिमिल्सिना, मानबहादुर थापा, नारायणबहादुर थापा, बेलबहादुर थापा, तारा जिसी, गोमा थापा, रंगनाथ तिमिल्सिना, लेखबहादुर मगर लगाएतले सहयोग गरेका थिए ।

कमेन्टहरु
Loading...