आयोग उपाध्यक्षको तलब ८७ हजार प्रस्ताब
सागर राज तिमिल्सिना
पोखरा, ३ चैत /पोखरा लेखनाथ महानगरपालिकाले एने कानून र कार्यविधि निर्माणमा गर्न दोश्रो नगरसभामा १८ वटा विधेयकहरु टेबुल भएका छन् , टेबुल भएका विधेयकका बारेमा छलफल भइरहेको छ । त्यसै मध्येर्को एउटा विधेयक पोखरा लेखनाथ महानगरपालिका शहरी योजना आयोग गठन गर्ने । हाल रहेको पोखरा उपत्यका नगर विकास समितिलाई हटाएर महानगरपालिकाले शहरी योजना आयोग गठन गर्न लागेको हो ।
पोखरा लेखनाथ महानगरपालिकाको विकासको लागि शहरी विकास नीति, योजना र कार्यक्रम तर्जुमा गर्न, अनुगमन मुल्यांकन गर्न र प्रमुखलाई आवश्यक राय परामर्श दिन पोखरा लेखनाथ महानगरपालिकामा शहरी योजना आयोगको गठन तथा कार्य सञ्चालन गर्न आवश्यक भएकोले नेपालको संविधानको धारा २१८ तथा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी महानगरले विधेयक बताएका हो ।
विधेयकमा महानगरपालिकाको मयेर अध्यक्ष रहने व्यवास्था छ भने उपापाध्यक्षमा विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञहरु मध्येबाट मनोनित गर्ने व्यवस्था छ । त्यसै गरि महानगरको अधिकृत सदस्य सचिब, ५ सदस्यलाई महानगरका प्रमुखले मनोनित गर्ने व्यवास्था छ ।
विधेयकमा महानगरका मयेरको भन्दा उपाध्यक्षको तलब बढि हुने गरि प्रस्ताव गरिएको छ । उपाध्यक्षको तलब ७५ हजार, इन्धन खर्च १२ हजार गरि ८७ हजार तलब छ भने सदस्यको ५५ हजार तलब, ८ हजार इन्धन खर्च गरि ६३ हजार प्रस्ताब गरिएको छ । प्रत्येक बैठकको ५ हजार भत्ता प्रस्ताब गरेको छ । तलब भत्ता धेरै भएको सरकारवाताले बताएका छन् ।
अनुसूची १
आयोग का पदाधिकारी हरुको सुबिधा
१) आयोग का पधाधिकारी तथा सदस्यहरुले बैठक भत्ता वापत रु ५००० पाउने छन् ।
२) उपाध्यक्ष लाई मासिक तलव वापत रु ७५००० र सदस्य लाई रु ५५००० उपलब्ध गराइने छ ।
३) इन्धन खर्च बापत उपाध्यक्ष लाई मासिक रु १२००० र सदस्य लाई रु ८००० उपलब्ध गराइने छ ।
४) संचार तथा पत्रपत्रिका खर्च बापत मासिक रु १०००० सचिवालयको लागि
५) नगर योजना आयोगको कामको सिलसिलामा भ्रमण गर्नु परेमा उपाध्यक्ष तथा सदस्य ले नेपाल सरकारको सह–सचिब सरहको भ्रमण भत्ता पाउनेछ ।