सात वर्ष देखि फरार व्यक्ति पक्राउ

चितवन, ७ फागुन – भरतपुरस्थित रामनगर जगदम्बा पेट्रोलपम्पका कर्मचारीलाई गोली हानी धनमाल लुटेको घटनामा दोषी ठहर भई फरार हुँदै आएका श्याम नेपाली कारागार चलान भएका छन् ।

गोरखा जिल्लाको साबिक धावा गाविस घर भई ताप्ले बस्ने ४६ वर्षीय नेपाली शुक्रवार पक्राउ भएको चितवन प्रहरीले जानकारी दिएको छ । उनलाई अदालतले आइतबार नै कारागार पठाएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

सात वर्षअघि रामनगरमा रहेको जगदम्बा पेट्रोलपम्पका म्यानेजर भरत घिमिरेलाई गोली हानी हत्या गरिएको घटनामा उनी दोषी ठहरिएका थिए । सो क्रममा उनीहरुले पम्पमा भएको धनमालसमेत लगेका थिए ।

जिल्ला अदालत चितवनको २०७३ साल असार २७ गतेको फैसलाअनुसार नेपालीलाई ३ वर्ष कैद र रु २० हजार जरिवानाको फैसला सुनाएको थियो ।

कमेन्टहरु
Loading...