३१ तोला चाँदीसहित ३ भारतीय पक्राउ

             महोत्तरी, २ फागुन।  जिल्लाको सम्सीस्थित शसस्त्र प्रहरी चेकपोष्टले ३१।४ तोला चाँदीको पुरानो गहना सहित ३ जना भारतीयलाई पक्राउ गरेको छ ।

मोटरसाईकलमा सवार भई भारततिरबाट नेपाल आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा भारतको सितामढी बस्ने वर्ष २१ को अजय कुमार साह, वर्ष २२ को विक्की कुमार साह र सोहि ठाउँ बस्ने वर्ष २८ को राजु साह रहेका छन् । प्रहरीले पक्राउ परेका तिनै जनालाई जलेश्वर भन्सार कार्यालय, मलिवारामा बुझाएको छ ।

उनीहरुसंग नेपाली रुपैयाँ ३४ हजार ४०० र भारतीय रुपैयाँ २१ हजार ३७० साथै एकथान मोबाईल समेत शसस्त्र प्रहरीले बरामद गरेको हो ।

कमेन्टहरु
Loading...