काठमाडौं, माघ २१ । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्यटेलिश्रृंखला भद्रगोलको प्रसारण रोकिने भएको छ । नेपाली हास्यटेलिसिरियल मध्येकै चर्चित तथा लोकप्रियमा गनिएको भद्रगोल रोकिनुको मुख्य कारण मिडिया हब प्रा.लि. बनेको भद्रगोलका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले बताएका छन् ।
‘कार्यक्रम को सम्झौता अनुसार कहिले पनि भुक्तानी भएन । केही कथित व्यक्तिहरुको मनोमानीले गर्दा हामिलाई कार्यक्रम उत्पादन गर्न निकै समस्या उत्पन्न गरियो । मिडिया हबको कर्मचारी भद्रगोलको निर्देशक भन्दामाथि देखियो ।’ अर्जुनले फेसबुकमा लेखेका छन् ।
भद्रगोल गएको शुक्रबार १५७ भागसम्म प्रसारण भएको थियो । पछिल्लो समय समाजका चासोको बिषयलाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गर्दै आएको भद्रगोल नेपाली युट्युब ट्रेडिङको शीर्षस्थानमा पनि धेरैपटक आइरहेको छ ।