११ माघ /हत्या गरि गाडिएको अवस्थामा खोटाङको खोला बगरमा एक बालिकाको शव फेला परेको छ ।
बुधबार दिउँसोदेखि हराएकी रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका कि नौमणि राईको आठ वर्षीया छोरी लुमणिको शव चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा गएराति फेला परेको हो ।
हत्या आशंकामा प्रहरीले सोही स्थानका गौमणि राईको १६ वर्षीय छोरा जीउधन राईलाई नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका जीउधनले आफैँले बालिकाको हत्या गरेको स्वीकारेका छ्न तर के कारणले बालिकाको हत्या गरिएको हो भन्ने बारेअझै खुलेको छ ।