पोखरा,१५ साउन। कास्की जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा मड्डलबारदेखि पोखरा रड्डशालामा अन्तरसदस्यीय डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। सङ्घसँग आवद्ध सदस्यहरूबीच भाइचारा वृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगिता सुपर लिगको अवधारणाअनुसार खेलाइने छ।
प्रतियोगिताको उद्घाटन पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जीवबहादुर कोइराला गरेका थिए। साउन ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा समूह ए मा ३६ तथा समूह बी मा ३४ गरी ७० जना खेलाडीको सहभागिता रहेको छ। प्रतियोगिताअन्तर्गत समूह ए तर्फ पाँच तथा समूह बी तर्फ चारवटा खेल सम्पन्न भएको प्रतियोगिता संयोजक एवं सङ्घका तृतीय उपाध्यक्ष सुरेशबहादुर श्रेष्ठले जानकारी दिए।
प्रतियोगिताको प्रायोजकमा वाइ आर कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर राम अधिकारी रहेका छन्। सङ्घका अध्यक्ष खेम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिता संयोजक सुरेशबहादुर श्रेष्ठले स्वागत तथा सचिव नरबहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।
२०८१ बैशाख २५ गते मंगलवार
अन्तरसदस्यीय ब्याडमिन्टन प्रतियोगिता सुरु
कमेन्टहरु