Breaking News : डा. गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं,पुस २४ – सर्वोच्च अदालतले डा गोविन्द केसीलाई अदालत अवहेलनाको मुद्दामा मंगलबार बिहान उपस्थित गराउन आदेश दिएको छ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजालसले केसीलाई अदालतमा उपस्थित गराउन आदेश जारी गरेको हो । सर्वोच्च अदालतले डा शशी शर्मालाई त्रिबि चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमको डिनमा पुर्नवहालीको आदेश दिएसँगै डा केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई भ्रष्टको संज्ञा दिदै सोमवारदेखि अनसन शुरु गरेका थिए ।

केसीले अदालतको मानहानी गरेको भन्दै सर्वोच्चका शाखा अधिकृत नेत्र पौडेलले सोमवार सर्वोच्चमा मानहानी मुद्दा दर्ता गरेका थिए । सर्वोच्चले डा केसीलाई मंगलवार नौ बजे उपस्थित गराउन गृहमन्त्रालय मार्फत प्रहरीलाई पत्र काटेको छ ।

कमेन्टहरु
Loading...