जिल्ला अस्पताल बन्यो गाईको गोठ , जचाँउन आउनेहरु अझै बिरामी भएर फर्केको गुनासो

२१ पुस /  सम्बन्धित सरोकारवालाले उचित ध्यान नपुर्याउँदा र सम्बन्धित निकायको लापर्वाहीका कारण महोत्तरी जिल्ला अस्पताल गौचरणमा परिणत भएको छ । अस्पतालको चारैतिर फोहरमैला र दुर्गन्ध फैलिएको छ ।

करोडाैको लागतमा निर्माण गरिएको सुविधा सम्पन्न अस्पतालमा दुई बिगाहाभन्दा बढीको परिसरमा चारैतिर गाईवस्तु, सुँगुरबंगुरको मलमूत्र, खर, पराल, झारपात, पातपतिङ्गर र अन्य विभिन्न ठोस फोहर वस्तु जताततै देखिन्छ भने शौचालयमा दिसापिसाब माथिसम्म भरेर वरिपरि फैलिएकाले अस्पताल परिसर दुर्गन्धित भएको छ ।

फोहरमैला र दुर्गन्धले यहाँ बिरामी भई उपचार गराउन आउने थप बिरामी हुने सेवाग्राहीको गुनासो छ ।

कमेन्टहरु
Loading...