वडा अध्यक्ष चोरी गर्दा रङ्गेहात पक्राउ परेपछी

१९ पुस/  सुनवल नगरपालिकाको एक वडा अध्यक्षको टयाक्टर तुरिया खोलाबाट बालुवा चोरी भाग्दै गर्दा गाउँलले टयाक्टरलाई समातेर प्रहरलाई बुझाएका छन्।

सुनवल नगरपालिका २ स्थित तुरिया खोलाबाट टयाक्टरमा बालुवा लोड गरि भाग्दै गर्दा खुटहटका स्थानिय बासीले टयाक्टर समातेर ईलाका प्रहरी कार्यालय सुनवललाई बुझाएका हुन् ।

पक्राउ परेको उक्त टयाक्टर सुनवल नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र यादवको रहेको खुलेको छ । घरायसी प्रयोजनका लागि खोलाबाट बालुवा झिकेको स्थानियले आरोप लगाएपछि वडा अध्यक्षले, टयाक्टर मैले प्रयोग नगरेको भन्दै अर्को व्यक्तिलाई टयाक्टर भाडामा दिएको सफाई दिए । अध्यक्ष यादवले भने, म बाहिर थिए मेरो टयाक्टर अरु कसैले प्रयोग गरेको छ मलाई यस विषयमा केहि थाहा छैन ।

कमेन्टहरु
Loading...