१७ पुस । कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन गर्ने जिम्मा अब स्थानीय तहले पाएका छन् । विगतमा जिल्ला शिक्षा कार्यालयले वार्षिक परीक्षा गराउँदै आएको थियो ।
शिक्षा समितिले मंगलवार स्थानीय तहका प्रमुखसँग गरेको छलफलमा स्रोतव्यक्तिको करार सम्झौता र हाजिर लगाउने जिम्मा पनि स्थानीय तहमा दिने सहमति भएको छ ।
अझै पनि केही स्थानीय तहमा शिक्षाका कर्मचारीहरु जान सकेका छैनन् । गएका कर्मचारीले समेत अपेक्षाकृत काम नगरेको गुनासो स्थानीय तहका प्रमुखहरुको थियो ।