कुकुर पाल्नुस र यी डरलाग्दा रोगबाट बच्नुस ( एक पटक पढ्नै पर्ने)

घरको रेखदेखको लागि पालिने कुकुर मानिसहरूले शोखका लागि पनि पाल्ने गर्छन् ।कुकुरले सधैँ आफ्ना मालिकको आज्ञा मान्ने भएकाले पनि कुकुरको इमान्दारिताको कदर गर्ने गरिन्छ । त्यसैले मानिसहरुबीचमा कुकुर निकै लोकप्रिय घरपालुवा जनावर हो ।

स्वीडिस अनुसन्धानका अनुसार कुकुर पाल्नाले मालिकको हृयद रोगको जोखिम कम हुन्छ । ४० देखि ८० वर्षसम्मका ३४ लाख मानिसहरुमा १२ वर्ष लगाएर गरिएको अनुसन्धानमा कुकुर पाल्नाले हृदय रोगको जोखिम २३ प्रतिशतले कम हुने र अनुसन्धानले कुकुर पाल्दा कुनै पनि स्वास्थ्य समस्याले मृत्यु हुने जोखिम २० प्रतिशतले कम हुने पाइएको छ ।

कुकुरको कारणले मानिसहरु एक्लोपना तथा तनाव (डिप्रेशन)बाट मुक्त हुन्छन् ।अमेरिकन हर्ट एशोसिएशनले कुकुर पाल्दा हृदय रोगको जोखिम कम हुने बताएको छ ।

अन्य जनावर पाल्ने भन्दा कुकुर पाल्ने मानिस शारीरिक रुपमा तन्दुरुस्त हुन्छन् ।

कमेन्टहरु
Loading...