श्रीमतीले श्रीमानको हातको औंला नै काटेर खानुको कारण यस्तो रहेछ

१४ पुस

दाङमा एक महिलाले आफ्नै श्रीमानको हातका औला काटेर खाएकी छन् । दाङ तुलसीपुर उपमहानगरपालिका १ भम्के छोटेकी ६४ वर्षीया रिसमी महतराले आफ्नै श्रीमान् ६४ वर्षकै चन्द्रबहादुर महतराको हातका औला काटेर पोलेर खाएकी हुन्।

चन्द्र बहादुरलाई राप्ति अञ्चल अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर लगिएको छ।

श्रीमानको औला काटेर खाने रिसमीलाई प्रहरीले नियन्त्रणमा लिइ सकिएको छ । श्रीमानले मदिरा सेवन गरेर दैनिक यातना दिने गरेको र परस्त्रीसँग सम्पर्क बढाउन थालेकाले उनले त्यसो गरेको प्रहरीमा वयान दिएकी छन् ।

कमेन्टहरु
Loading...