पत्नी सँग झगडा भएपछि पतिले आफ्नै घर जलाए , अहिले छिमेकीको घरमा शरण

पौष १३/ताप्लेजुङमा  पत्निसँग झगडा परेपछि एक पतिले आफ्नै घरमा आगो लगाएका छन् । सिरिजंघा गाउँपालिका–३ सिकैचामाकरिब ९ बजे भएको आगलागीका कारण दिलबहादुर सावादेन (लिम्बू) को घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।

राति घरायसी विषयमा श्रीमान् र श्रीमतीबीच सामान्य विवादपछि श्रीमान् दिलबहादुरले घरमा आगो सल्काएको बराइलीले बताएका छन्। आगलागी भएको दुई घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको थियो भने घरभित्र रहेका सामान जलेर नष्ट हुँदा करिब रु दुई लाखभन्दा बढीको क्षति भएको गाउँलेको अनुमान छ।

आगलागी पीडित परिवार भने छिमेकीको शरण लिएर बसेको बताइएको छ ।

कमेन्टहरु
Loading...