भाडा बढाउन सरकारलाई यातायात व्यवसायीको दबाब

पौष ११,

यातायात व्यवसायीले सार्वजनिक सवारी साधनको भाडा बढाउन सरकारलाई दबाब दिनको लागि भाडा बढाउने बाहेकका अन्य कुनै पनि विषयमा हुने सबै कार्यक्रम बहिष्कार गर्ने तयारीमा पनि जुटेका छन्।

आगामी माघमा हुने नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको महाधिवेसन अघि नै भाडा बढेको सुन्न व्यवसायी आतुर रहेका छन् । सरकारलाई दबाब दिने छनक मंगलबार नै यातायात व्यवसायीले देखाइसकेका छन् । मंगलबार यातायात व्यवस्था विभागमा सार्वजनिक सवारीमा बालश्रमिक प्रयोग रोक्ने बारे आयोजित छलफलमा पुगेका नेपाल राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौला कार्यक्रममा सहभागि नबनी बाहिरिए ।

सरकारले भाडा नबढाएसम्म कुनै पनि कार्यक्रममा सहभागि नहुने उनले उद्घोष पनि गरे ।

कमेन्टहरु
Loading...