पौष ९, उत्तर कोरियाका अर्का सैनिक पनि बिहीबार दक्षिण कोरिया भाग्ने प्रयासमा सफल भएका छन् । यस क्रममा उनलाई उत्तर कोरियाली सेनाले २० गोली प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् ।
यसभन्दा अघि पनि एक सैनिक भयानक अवस्थामा दक्षिण कोरियामा भाग्न सफल भएका थिए । उनीमाथि ४० गोली प्रहार भएको थियो । गोली लाग्नुका साथै उनी अन्य गम्भीर रोगबाट समेत ग्रसित भएको पत्ता लागेपछि उनको दक्षिणमा अझै उपचार भइरहेको बताइएको छ ।
विश्वकै सबैभन्दा कडा सुरक्षा र भारी सङ्ख्यामा सुरक्षाकर्मी भएको उत्तर कोरियाको सीमाबाट बाहिर निस्किनु धेरैका लागि असम्भव कुरा हो ।