बाटोमा हिडिरहेको महिलालाइ माइक्रोबसले दियो ठक्कर , ड्राइभर फरार

पौष ५/माइक्रोबसको ठक्करबाट एकजना महिला गम्भीर घाइते भएकी छन्।

बिहान करिब ६ बजे बाटोमा हिँडिरहेको बेला शान्तिनगर गेट अगाडि बा २ ख १३२३ नम्बरको माइक्रोबसले ठक्कर दिँदा काठमाडौँ शान्तिनगर बस्ने सीता अधिकारी गम्भीर घाइते भएकी हुन्। बाटोमा हिडिरहेको बेला पछाडीबाट बसले ठक्कर दिएको प्रत्यक्षीहरुको भनाइ छ ।

घाइते अधिकारीको उपचारका लागि नर्भिक अस्पताल थापाथली लगिएको छ।

दुर्घटनापश्चात फरार रहेका चालकको खोजी भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

कमेन्टहरु
Loading...