पौष ३/घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार जिल्ला प्राविधिक कार्यालय सिरहाका इन्जिनियर रामबहादुर यादवलाई लहानबाट पक्राउ गरेका छ ।
रामजानकी कन्स्ट्रक्सन दर्ताको लागि सिफारिस गरिदिए बापत इन्जिनियर यादवले घुस मागेको खुल्न आएको छ । घुस वापतको ८ हजार रुपैयाँ यादवले महावीर मिष्ठान्न भण्डारमा आएर रामजानकी कन्स्ट्रक्सनका प्रोपाइटरसँग लिएका थिए ।
पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि अख्तियारको क्षेत्रीय कार्यालय, इटहरीमा लगिएको छ ।