कृ’को ट्रेलर सार्वजनिक, अनमोल केसी पुरै एक्सन अवतारमा

यस वर्षकै प्रतिक्षित मानिएको फिल्म ‘कृ’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा एकपछि अर्को सफल फिल्म दिदै आएका अनमोल केसी एक्सन अवतारमा प्रस्तुत भएका छन् । काठमाडौँ, दरबामार्गस्थित क्यूज सिनेमा घरमा आयोजित कार्यक्रममा उक्त फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका मुख्य कलाकार अनमोल केसी र अदिती केसी उपस्थित थिए । यसै फिल्ममार्फत फिल्मी क्षेत्रमा डेब्यू गरेकी अदिती मिडियामा पहिलो–पटक सार्वजनिक भएकी हुन् । फिल्ममा काम गर्दाको क्षण निकै रमाइलो भएको उनले संक्षिप्त प्रतिक्रिया दिइन् ।

‘कृ’ माघ २६ गते देखि प्रदर्शन हुँदैछ ।

कमेन्टहरु
Loading...